ट्रेन्डीङ्ग

गिता गौतम,

प्युठान खबर (झिमरुक) । अरिङ्गालको टोकाईबाट प्युठानमा १० वर्षिय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोला निवासी अरबिन गिरी खेल्ने क्रममा घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालको हुल एक्कासि आएर डसेपछी  बिहिवार घाईते भएका थिए ।

 

घाईते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको क्रममा विहिवार राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । मृतक गिरीको शवलाई बिजुवार अस्पतालको सब गृहमा राखिएको छ । अहिले मृतकको शवलाई पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय