ट्रेन्डीङ्ग

प्युठान खबर । जिल्लामा लगातार रुपमा कोभिड संक्रमितहरु बृद्धि हुदै गएको र खुला रुपमा यातायात सञ्चालन हुँदा जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै DCCMC बैठकले भदौ १५ गतेसम्मका लागि निजि तथा सार्वजनिक यातायाताका साधन बन्द गर्ने निर्णय भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले चाडपर्व नजिकिदै गएको र बजारमा भिडभाड बढ्दै गएकाले कोभिड संक्रमण थप फैलन सक्ने निष्कर्ष सहित मंगलवार राति १२ बजेदेखि यातायात बन्द गर्ने निर्णय भएको हो ।

 

अत्यावस्यक सवारी साधन एम्बुलेन्स प्रेसका गाडी भने चल्नेछन । पसल तथा ब्यवसाय सञ्चालन हुने भएपनि सामाजिक दुरी कायम गरी ब्यापार गर्न रोक लगाइएको छैन । तर मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । यो नियम पालना नगरेमा कानुन अनुसार कार्वाही हुने र पसल समेत सिल हुने जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ ।

 

जसको लागि अनुगमन समिति समेत गठन गरीएको कार्यालयले जनाएको छ । बैठकमा सबै स्थानीय तहका प्रमुख सहित सुरक्षा निकाय र स्वास्थ्य कार्यालय प्युठानका प्रतिनिधि लगायतको सहभागिता थियो । सामान्य अवस्था बाहेक यातायातका साधनमा यात्रुहरु कोचियर यात्रा गर्दा सबै यात्रु असुरक्षित हुने भएकाले अत्यावस्यक बाहेक सवारी पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो । मेलापर्वको अवसरमा धेरै भिडका कारण जोखिम बढ्ने भएकाले सजकता अपनाउन सम्पुर्णमा सहयोग गर्न र आग्रह समेत गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय