ट्रेन्डीङ्ग

प्यूठान खबर । जंगलमा भेटीएको बिषालु जंगली च्याउ खादा प्यूठानमा २ जनाको मृत्यू भएको छ । नौबहिनी गाउपालिका ६ का एकै परिवारका २ को मृत्यू भएको जिल्ला प्रहरीकार्यालयले जनाएको छ । मृत्यू हुनेमा १३ वर्षिय सुगम घर्ती  र १५ वर्षीय सुरेश घर्ती रहेका छन ।

 

जंगलमा भेटाएर लिएको च्याउ खादा उनीहरुको घरमै मृत्यू भएको हो भने अन्य ३ जना बिरामि भएका छन । च्याउ खाएर विरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उहाँकी श्रीमती ३० वर्षीय लिला घर्ती, र छोरा १७ वर्षीय शशि घर्तीको अस्पतालमा उपचार भइरहेको छ । बिरामीको अबस्था सामान्य रहेको रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

 

जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सवै सदस्य विरामी परेका थिए । च्याउ खाएपछि उनीहरुलाई पखाला लागेको भएपनि बाहिर खवर नगरेको स्थानीयले बताएका छन् । साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सवै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरुमध्ये दुई छोराको सोमबार राती उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय