ट्रेन्डीङ्ग

प्युठान खबर । समुदाय स्तरमा कोरोना संकम्रण पोजेटिभ देखिएसँगै प्युठान जिल्लामा बिहिवार १ सय ३६ जनाको स्वाव संकलन गरीएको छ । प्युठान नगरपालिका ७ स्थित एक जना युवतीमा बुधवार कोरोना संक्रमण पोजेटीभ देखिएपछी बिहिवार बाग्दुलामा मात्रै १०१ जनाको स्वाव संकलन गरीएको हो ।

यिनिहरु सबै प्युठान नगरपालिका ७ र ८ मा ब्यवसायी गरि बस्ने र घरधनिहरु समेत रहेका छन । संकम्रमण देखिएको युवतीको अभिभावकले होटल ब्यवसाय गर्ने भएकाले यहाँ सबैभन्दा धेरै जनाको कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भइ स्वाव संकलन गरीएको हो । त्यसैगरी इन्द्रध्वज गुल्म पुण्यखोलाका कार्यरत सैनिकमा समेत कोरोना संक्रमण पोजेटिभ देखीएपछी यहाँका ३३ र अन्य स्थानका २ जनाको पनि स्वाव संकलन गरी परिक्षणका लागि पठाइने भएको छ ।

जिल्लामा पछिल्लो समय गरिएको परीक्षणमा समुदायमा रहेको व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि स्थानीयको स्वाव संकलन गरि कोरोना जाँच गरीने भएको हो । प्यूठान नगरपालिकाले हिजो बुधबारदेखि साउन २५ गतेसम्मका लागि बाग्दुला बजार सहित आसपासमा समेत शिल गरेको छ ।

 

प्यूठान नगरपालिका वडा नम्वर ७ र ८ मा पर्ने मुख्य व्यापारीक केन्द्र बाग्दुला बजार क्षेत्र शिल गरिएको छ । अत्यावस्यक सेवा बाहेक यातायात, पसल, उद्योग सबै बन्द गर्ने र भेटघाट गर्न समेत रोक लगाइएको छ । प्युठान नगरपालिकाको धाइरे, मरन्ठाना, सारीवाङ, पुण्यखोला सम्मका सबै क्षेत्र शिल गरिएको छ ।

 

नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेपछि वार्षिक प्रगति समिक्षा कार्यक्रम समेत स्थगित गरिएको नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय