
प्युठान खवर । प्युठान जिल्लाको मुख्य ब्यापारिक केन्द्र बाग्दुला बजार शिल गरीने भएको छ । प्युठान नगरपालिका ७, बाग्दुला निवासी एक २२ वर्षीय युवतिमा समुदाय स्तरमा कोरोना संक्रमण पोजेटिभ देखिएपछी बाग्दुर बजार क्षेत्र शिल गरीने भएको हो ।
होटल ब्यवसायमा संलग्न उनका परिवार सहित छिमेकिहरुलाइ समेत कन्ट्याक ट्रेसिङ गर्नका लागि साउन २५ गतेसम्म पुर्ण लकडाउन सहित शिल गर्ने निर्णय भएको छ । कन्ट्रयाक ट्रेसिङ गरेका ब्यक्ति र उनका परिवारका सदस्यहरुको बिहिवार स्वाव संकलन गरी परीक्षणका लागि पठाउने र उनीहरुको रिपोर्ट नआउँदासम्मको लागि शिल हुदैछ ।
अत्यावस्यक सेवा बाहेक यातायात, पसल, उद्योग, सबै बन्द गर्ने र भेटघाट गर्न समेत रोक लगाइने भएको हो । प्युठान नगरपालिकाको धाइरे, मरन्ठाना, सारीवाङ, पुण्यखोला सम्मका सबै क्षेत्र शिल हुदैछ । प्रहरिले बुधवार साँझदेखि नै माइकिङ गरी पसलहरु बन्द गराउन थालेको छ ।