ट्रेन्डीङ्ग

 गीता गौतम,

प्युठान खबर । प्युठानमा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ ।  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परिक्षनमा प्युठान नगरपालिका ३ का ३ जना पुरुष र १ महिला गरि ४ जनामा र प्युठान नगरपालिका ८ का १ महिला सहित ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी  एवम् कोरोना फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो ।

उनिहरु २३ देखि ४८ बर्ष उमेर समुहका रहेको समेत श्रेष्ठले बताउनुभयो । प्युठान नगरपालिका ३ का ४ जना क्वारेन्टाइनमा रहेका र प्युठान नगरपालिका ७  का १ जना समुदाय परिक्षणको क्रममा कोरोना देखिएको हो । अहिले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यस्तै अहिले सम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय ४२ पुगेको छ । निको भएर घर फर्किनेको संख्या ३ सय ३४ रहेको छ । अझै ३ सय ६२ जनाको पिसिआर रिपोर्ट  आउन बाकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय