
बुटवल । लुम्बिनी सिटि अस्पतालले एक बिज्ञप्ति जारी गर्दै आफुहरुसँग जोडीएर आएका समाचारको बिज्ञप्ति जारी गर्दै खण्डन गरेको छ । मिति २०७७ साउन १३ गते झिल्को डटकम नामक अनलाइनमा यस अस्पतालसँग जोडिएर प्रकाशित भएको समाचारप्रति ध्यानाकर्षण गराउँदै बिज्ञप्ति जारी गरेको हो ।
समाचार सम्प्रेषण गर्नुपूर्व सम्वन्धित पात्रहरु (अस्पताल प्रशासन, डाक्टर र फार्मेसी संचालक) सँग कुनै पनि जानकारी नलिई आफूलाई लागेको कुरा एकतर्फी रुपमा लेखिएको समाचारको उद्देश्य नियतवस हो भन्ने प्रष्ट हुन्छ बिज्ञप्तिमा भनिएको छ । कुनैपनि समाचार सम्प्रेषण गर्नुपूर्व तथ्यमा आधारित भएर मात्र गर्न हामी सम्वन्धित संचार माध्यमलाई आग्रह गर्दछौ । व्यक्तिको चरित्र हत्या गर्नेगरी ‘मनगणन्ते’ रुपमा लेखिएको समाचारले हामीलाई दुःखित बनाएको छ ।
आम पाठकहरुलाई यस्ता अपुष्ट समाचारबाट भ्रममा नपर्न समेत हामी यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौ भनिएको छ । लुम्विनी मेडिकल कलेज पाल्पाले लुम्विनी सिटी अस्पतालको स्वामित्व छाडेपछि अस्पताल ‘नाफाखोर र दलाल’ को हातमा पुग्यो भनेर अस्पताल संचालकहरुको समेत अपहेलना हुने गरी समाचारमा उल्लेख गरिएको छ । यद्यपि यो अस्पताल लुम्विनी मेडिकल कलेजकै ५० प्रतिशत स्वामित्वमा संचालन भइरहेको कुरा आम सेवाग्राहीहरु माझ जानकारी गराउन चाहान्छौ ।
वास्तविक कुरा नबुझी आफूलाई मनमा लागेका कुरा आफूखुसी लेख्नु पत्रकार आचार संहिता विपरित भएको समेत हामीले महशुस गरेका छौ । व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले असन्तुलित रुपमा सम्प्रेषण गरिएको समाचार भ्रामक रहेको कुरा सवै सामु जानकारी गराउदछौ । मुलृुक कोरोना भाइरसका कारण लकडाउनले ठप्प भइरहेका बेला हामीले लकडाउनको शुरुवाती दिनदेखि नै सेवाग्राहीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी २४ सैँ घण्टा निरन्तर सेवामा खटिरहेको कुरा आम सेवाग्राहीहरुलाई सर्वविवितै छ । आगामी दिनमा पनि हामी सेवाग्राहीप्रति थप उत्तरदायी बन्दै हाम्रो सेवालाई चुस्तदुरुस्त र गुणस्तरीय बनाउने तर्फ सदैव प्रतिवद्ध हुने कुरा समेत यसै प्रेस विज्ञप्ती मार्फत सवैमा विश्वास दिलाउन चाहन्छौँ ।
हेर्नुहोस अस्पतालले जारी गरेको बिज्ञप्ति ।