ट्रेन्डीङ्ग

एलबी थापा,

प्युठान खवर । प्युठान नगरपालिका वडा नं २ मा शव दाहा पिठ निर्माण गरीएको छ । हिन्दु परम्परा अनुसार खोला किनारमा शव जलउने परम्परागत प्रविधिलाइ बिकसित गर्दै शव दाहा पिठ बनाइएको हो ।

यस वडाका पुर्व वडा अध्यक्ष स्वर्गिय खिम बहादुर विष्टको स्मृतिमा १२ लाख रुपैया लगानीमा निमार्ण गरीएको उपभोक्ता समिति अध्यक्ष कमला आचार्यले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको ७ लाख ५० हजार र प्युठान नगरपालिकाले ५ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

 

शव दाहा पिठसँगै शव राख्ने कोठा र आफन्त बस्नको लागि पक्कि घर समेत निर्माण गरीएको छ । आफु निर्वाचित भएसँगै जिल्लामै पहिलो र नयाँ काम थाल्नुभएका वडा अध्यक्ष मुक्ति पोख्रेलले अब जिल्लावसिलाइ शव कुरेर बाटोमै बस्ने बाध्यता र पानिको ओतको लागि समेत सुविधा भएको बताउनुभयो । शव जलाउने गरी जिल्लामा अन्त कतै पनि यस्तो पिठ निर्माण नभएकाले प्युठान न.पा. २ को यो जिल्लाभर नौलो काम बनेको छ ।

पहिलो चरणमा २ वटा शव दाहा पिठ र २ कोठे घर निर्माण सम्पन्न भएको बताउँदै उहाँले चालु आर्थिक वर्षमा खानेपानी निर्माण र शव जलाएर पखाल्ने सुविधा सहित पानी तान्ने मोटरको समेत ब्यवस्था मिलाउने गरी बजेट बिनियोजन गरीएको जानकारी दिनुभयो । पिठ निर्माण र ब्यवस्थापनमा लागि कमला आचार्य इश्वर बहादुर जिसि लगायतको सक्रियतामा समयमै निर्माण कार्य सम्पन्न भएको छ ।

 

अस्पतालमा पोस्टमार्टम पछी गाउँ पुर्याउनुपर्ने समस्या र खोला किनारमा शव गाड्नुपर्ने बाध्यता अबदेखि टर्ने स्थानीयले विश्वास लिएका छन ।एकैपटकमा २ वटा शव जलाउन सकिने गरी पिठ निर्माण गरीएको र दैनिक चाँप बढ्दै गएमा पिठ निर्माण समेत थप गरीने वडा कार्यालयले योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय