ट्रेन्डीङ्ग

झइन्द्र भण्डारि (जेपि),

प्युठान खवर । भालुबाङ रोल्पा सडकखण्डका धेरै ठाउँमा सडक बिग्रेकाले सडक अस्तव्यस्त छ तर पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।


सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित निकायले थाहा नपाएको पनि होइन । वर्षौ तथा महिनौ बिते बिग्रीएका ठाउँहरूमा सडकको स्थिति झनपछी झन खस्किएको छ । भालुबाङ रोल्पा सडकखण्ड अन्तर्गत पर्ने बाटुलेमा पानी जमेर पोखरी नै बनेको छ ।

सडकको माथीबाट आउने वर्षे भेलले उचित निकास नपाउदा यस्तो समस्या आएको बर्षौ बित्यो अहिले पनि पानी जमेर पोखरी बनेको महिनौं बित्यो सवारीसाधन आवत जावत गर्न निकै कठिन छ । पानी जमेको ठाउमा खाडलहरू बनेका छन । दुवैतर्फ भेलको लेदो बसेर पुरै चिप्लो छ ।


यहि सडककण्ड अन्तर्गत सोढको अवस्था पनि निकै चुनौतीपूर्ण छ । बलाङतर्फ माडिखोला झर्ने मोटरबाटो शाखाले मुख्यबाटो नै साघुरो बनाएको छ । मोटरबाटोमा दोहोरो गाडी चल्न मिल्दैन । थोरै पनि गति बढी भएका सवारीसाधन उछिट्टीने सम्भावना अधिक छ । शाखा पनि दबेर गएको छ ।

 

भिङ्ग्री बजार र जलुके बिचको जारीखोलामा झन सडक जीर्ण छ । जलुके नल्सी जोड्ने पक्कीपुल निर्माणको क्रममा भएको सडकको दुराबस्थातिरको ध्यान कसैको छैन । सडकको पिच उम्किएर लामालामा घाँटी तथा खाडल बनेका छन । सडक विभागले ठेकेदारलाई जिम्मेवारी ठान्छ ठेकेदार कम्पनीले काम सम्पन्न भएपछि भन्छन । पुल निर्माण कार्य सुरू भएको चार वर्ष भयो अहिले सम्म ४० प्रतिशत काम पनि भएको छैन ।

 

वर्षौदेखि सडकको अवस्था दयनीय छ । स्थानीय सरकारले सडक विभाग तर्फ जिम्मेवारी सोज्याउछ भने सानातिना काम स्थानीय सरकारले पनि गर्नु पर्ने जानकारहरूको मान्यता छ । एकले अर्काको बाटो हेर्ने र जिम्मेवारी सम्झिने परम्पराले जनताहरूले दुख अनि पीडा बेहोर्नु परेको छ ।

 

यी त केहि उदाहरणमात्र हुन । यो सडकखण्ड अन्तर्गत सयौं ठाउँमा यस्तो समस्या व्यापक छ तर सम्बन्धित निकाय बेखबर झै मौन छ । यहि समस्याले धेरै दुर्घटनाहरू भइ नै रहेका छन सरोकारवालाको साधन पनि दुर्घटना परेका कैयौं उदाहरण छन तैपनि समस्याको समाधानमा ध्यानाकर्षण कसैको छैन । अझै धेरै अनि दुखलाग्दा दुर्घटना हुनसक्ने नागरिकहरूको ठम्माई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय