
प्युठान खवर । प्युठान जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय २७ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै प्युठान नगरपालिकामा ८७ जना पुगेका छन । त्यसैगरी माण्डवि गाउँपालिकामा ८० जना कोरोना संक्रमित भेटीएका छन ।
सबैभन्दा थोरै गौमुखि गाउँपालिकामा ६ जना र झिमरुक गाउँपालिकामा १० जना रहेका छन । सरुमारानी गाउँपालिकामा १८ जना मल्लरानी गाउँपालिकामा २० जना नौबहीनि गाउँपालिकामा २८ जना ऐरावती गाउँपालिकामा ३६ जना र स्वर्गद्वारी नगरापालिकामा ४२ जना संक्रमित भैटीएका हुन् ।
हालसम्म पिसिआर रिपोर्ट आउन बाँकी रहेकाहरुको संख्या २ सय ३८ जना रहेका छन । कोरोना पोजेटिभ भेटिएर निको भइ घर फर्कनेहरुको संख्या १ सय २० जना छन । शनिवार मात्रै ३७ जना निको भएर घर फर्केका थिए । कोरोना संक्रमितमध्य आइसुलेसनमा रहनेको संख्या २ सय ७ जना छन । स्वाव संकलन गरी परीक्षण गर्दा पिसिआर रिपोर्ट नेगेटिभ आउनेको संख्या प्युठानमा जिल्लामा १ हजार ५ सय ६३ जना रहेका छन । त्यसैगरी आरडीटि परिक्षणमा रिपोर्ट नेगेटिभ आउनेको संख्या ९ हजार ९ सय ३४ जना छन ।