ट्रेन्डीङ्ग

प्युठान खवर । प्युठान नगरपालिका ८ बाग्दुलामा श्रीमानले श्रीमतीलाइ चक्कु हानेर घाइते बनाएका छन । बाग्दुलामा होटल ब्यवसाय गर्दै आएका बिमे गिरिले श्रीमती दुर्गि गरीलाइ पछाडीबाट चक्कुले हानेर शनिवार बिहान घाइते बनाएका हुन ।

 

घरायसी झगडा हुँदा आफन्तको घरमा बसिरहेको बेला श्रीमानले पछाडीबाट चक्कु प्रहार गरी भागेका थिए । श्रीमतीलाइ घाइते गराइ फरार भएका उनलाइ बाग्दुला अस्थायी प्रहरी पोस्टका इन्चार्ज मोहन केसीको कमाण्डमा खटीएको प्रहरी टोलिले झिमरुक खेलमैदान किनारबाट भागिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले स्रोतले जानकारी दिएको छ । घाइते श्रीमतीलाइ लाइफ केयर हस्पिटल बाग्दुलामा प्रारम्भिक उपचार गरी थप उपचारका लागि प्युठान अस्पताल बिजुवार लगीएको छ । घाइतेको ढाडमा चक्कुको गहिरो चोट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय