ट्रेन्डीङ्ग

बिमलप्रसाद पोख्रेल,

प्युठान (भिङ्गृ) । स्वर्गद्वारी नगरपालिका भित्र आइसुलेसनमा बस्ने कोरोना संक्रमण पोजेटीभ भएकाहरुलाइ नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिङ केसीको सहयोगमा खाजा खुवाइएको छ । प्रेस युनियन प्युठानको समन्वयमा यहाँका ३६ जना कोरोना संक्रमितहरुलाइ शनिवार बिहानको खाजा खुवाउन कार्य सम्पन्न भएको हो ।

 

आइसुलेसनमा बसेका संक्रमितहरुलाइ केन्द्रीय सदस्य केसिले उच्च मनोवल राखेर बस्न र हतोत्सायी नहुन आग्रह गर्नुभयो । धैर्यता र उच्च मनोवलले कोरोना जित्न सकिने बताउँदै उहाँले यसबाट सचेत र सजग हुन पनि अनुरोध गर्नुभयो । कार्यक्रममा प्रेस युनियन प्युठानका सभापति श्रीरम भण्डारीले कोरोना संक्रमण समुदायमा थप फैलन नदिन सबैजना सजक बन्नुपर्ने बताउनुभयो ।

 

आइसुलेसनमा बसेकाहरुले आफुहरुको रिपोर्ट ढीला आउने गरेको, सबै जनाले एउटै धारोको पानी प्रयोग गर्नुपरेको र क्वारेन्टाइनबाट आइसुलेसन सम्म पुग्दा महँगो भाडा तिर्नुपरेको गुनासो राखेका थिए ।

 

पत्रकारलाइ स्वास्थ्य सामग्रि बितरण

जिल्लामा रहेका ३० जना पत्रकाहरुलाइ स्वास्थ्य सामग्रि बितरण गरीएको छ । प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीको सहयोगमा माक्स, सेनिटाइजर, प्रेस ज्याकेट बितरण गरिएको हो । जिल्लामा कोरोना संक्रमण बढिरहेका बेला फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुलाइ हौसला स्वरुप स्वास्थ्य सामग्रि बितरण गरिएको केन्द्रि सदस्य केसीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय