ट्रेन्डीङ्ग

प्यूठान। चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा प्युठानमा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। नौबहीनी गाउँपालिका स्थित लुप्लुङबाट अर्घाखाचि कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागी चुनढुङ्गा बोकेर लैजादै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो।

 

दुर्घटनामा सो टिपरका चालक र सहचालक दुबै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिनुभयो । उहाँका अनुसार टिपर प्यूठान भालुबाङ सडक खण्ड अन्तर्गत सरुमारानी गाउपालिका वडा नम्बर ६ मोतिपुर स्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा खसेको छ ।

 

मुत्यु हुनेमा टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का जोग बहादुर पुन रहेका छन । घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ। घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय