
जोगिन्द्र मल्ल,
प्युठान खवर । गयराती चत्याङ्ग लागेर गौमुखी गाउँपालिका ३ रजवारा ढाँडखानीका ५ जना घाइटे भएका छ्न । घाइते हुनेहरुमा कुल बहादुर सुनार, लक्ष्मण सुनार, प्रेम सुनार, जनि सुनार र सुशीला सुनार रहेका छ्न ।
घाइतेहरुको अबस्था सामान्य रहेको र उनिहरुको उपचार भइ रहेको पुजा स्वास्थ्य चौकी लिवासेका डा. सुवास जिसिले जानकारी दिनुभयो । स्थानीयका अनुसार राम्दी खोर निवासी जने नेपालीको एउटा भैसी समेत चट्याङ लागेर मरेको छ । गएराती करिब १ बजे अविरल पानी सङ्गै चट्याङले स्थानीयको घर, बिजुलीको तार, वाइरिङ्ग समेत क्षति पुर्याएको छ ।
अविरल बर्षातका कारण रजवारामा रहेका ३ वटा लघु जलविद्युत आयोजनाको कुलो र मोटर बाटो पनि बगाएको छ । चट्याङ्ले गौमुखी गाउँपालिकामा पटक पटक जन धनको क्षती हुँदा स्थानीय चिन्तित बनेका छन । अपडेट खवर