ट्रेन्डीङ्ग

प्युठान खवर झिझरुक गाउँपालिका २ गडेरपानी स्थित सर्वोदय माविको क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा फर्किएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

 

बाँदीकोट भतेरचौर निवासी गोपाल एमसिको छोरी ११ वर्षीय प्रतिभा क्वारेन्टाइनमा बसेर घर फर्किएपछी मृत्यु भएको थियो । क्वारेन्टाइन अवधि पुरा गरेपछी आरडीटी परीक्षण गर्दा नेगेटीभ नतिजा आएकोले उनलाइ वुवा सहित होम क्वारेन्टाइन पठाइएको थियो ।

 

मृत्यु पश्चात कोरोना संक्रमण भए नभएको पुष्टि गर्न स्वास्थ्य कार्यालय प्युठान पिसिआर परिक्षणका लागि स्वाव निकालेर पठाएको थियो ।  भारतबाट बुवा सहित फर्कीएकी बालिकामा मुटु तथा मृगौला सम्बन्धि स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताइएको छ । लकडाउनको समयमा घर फर्किएकोले उनि बुवासँगै क्वारेन्टाइनमा बस्दै आएकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय