प्यूठान खवर : जिल्लाका सबै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । जिल्लाभर रहेका ९ स्थानीय तहमध्ये झिमरुक गाउँपालिकामा सबैभन्दा पछि कोरोना संक्रमण भेटीएको पुष्टि भएको हो ।
शुक्रवार साझ प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा झिम्रुक गाउँपालिकाका ७ जना भेटीएका हुन । त्यसैगरी माण्डबी गाउँपालिकामा ३७ जना र नौवहिनि गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण भेटीएको पुष्टी भएको हो ।
अब जिल्लामा सबैभन्दा धेरै पयुठान नगरपालिकामा ७६ जना संक्रमित पुगेका छन भने सबैभन्दा थोरै गौमुखि गाउँपालिका ३ जना रहेका छन ।
स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले दिएको जानकारी अनुसार अब जिल्लामा संक्रमितको कुल संख्या २५८ पुगेको छ । शुक्रबार साँझ मात्रै प्यूठानमा थप ४७ जनामा कोरोना भेटिएको हो ।
जसमा १७ वर्षदेखि ६० वर्ष उमेरसम्मका ४४ पूरुष र ३ जना महिलामा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रहरीलाइ पनि कोरोना संक्रमण पुष्टी
माण्डबि गाउपालिकामा शुक्रवार पुष्टी भएका ३७ जना संक्रमित मध्ये २ जना सुरक्षाकर्मीहरु रहेका छन । उनिहरु क्वारेन्टाईन भन्दा बाहिरका हुन । जिल्लामा धेरैजसो भारतबाट आएकाहरुमा कोरोना संक्रमण रहेको पुष्टी भएको भेटीएको बेला जिल्लामै सुरक्षार्थ खटीएका सुरक्षाकर्मिलाइ पुष्टी भएकाले संक्रमण दायर फराकिलो भएको अनुमान गर्न सकिन्छ । प्युठानमा २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन ।
कुन स्थानीय तहमा कति संक्रमित हेर्नुहोस ।
प्यूठान नगरपालिका : ७६ जना
माण्डबि गाउपालिका : ६९
स्वर्गद्धारी नगरपालिका :२६
नौबहिनी गाउपालिका : २६
ऐरावती गाउपालिका : ३३
सरुमारानी गाउपालिका : ९
मल्लरानी गाउपालिका : ९
झिमरुक गाउपालिका : ७
गौमुखी गाउपालिका : ३