ट्रेन्डीङ्ग

झइन्द्र भण्डारी,

प्युठान (भिंगृ) । स्वर्गद्वारी नगरपालिकाको वडा नम्बर ८ बर्जिबाङलाई १० दिनको लागि नगरपालिकाले शिल गरेको छ । ९ दिन अघि क्वारेन्टाइनबाट घरमा गएका व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएसङ्गै बर्जिबाङमा कोरोना संक्रमण थप फैलन नदिन नगरपालिकाले यस्तो निर्णय गरेको हो । क्वारेन्टाइनबाट समुदायमा कोरोना संक्रमण भेटीएकाले उच्च सतर्कता अपनाउँदै वडा र बस्ति शिल गर्ने निर्णय भएको छ ।

 

कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्रयाक्ट ट्रेसिङ्ग प्रक्रिया अन्तर्गत स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि काठमाडौ पठाईएकोमा उनीहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । वडा नम्बर ८ का ४०, ४३, र ४७ वर्षीय पुरूषहरूमा कोरोना पोजेटिभको नतिजा आएको थियो । स्वर्गद्वारी नगरपालिकाको विपद व्यवस्थापन समितीको मंगलवार बसेको वैठकले  असार १० गतेदेखि २० गते सम्म लागु हुने गरी यो वडालाई शिल गर्ने निर्णय गरेको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय