प्युठान खवर । स्वर्गद्वारि गौमुखी यातायात सेवा प्रालिले करिव २ लाख रुपैयाँ बरावरको मास्क र सेनिटाइजर बितरण गरेको छ । ब्यवसायिहरु आफु समस्यामा रहेपनि फ्रन्टलाइनमा काम गर्ने पत्रकार, स्वास्थ्यकर्मि, प्रहरी, प्रशासन तर्फका निजामति कर्मचारी लगायतलाइ बितरण गरीएको प्रालिका अध्यक्ष शुनिल बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार पत्रकार महासंघलाइ ३५/३५ जिल्ला प्रहरी कार्यालयलाइ २००/२००, जिल्ला ट्राफिक कार्यालयलाइ २५/२५ जिल्ला प्रशासन कार्यालयमा ३०/३०, जिल्ला अदालतमा २०/२०, सरकारी वकिल कार्यालयमा १०/१०, जिल्ला स्वास्थ्य कार्यालयलाइ २०० (मास्क मात्र), प्युठान अस्पताल ४०/४०, राष्ट्रिय अनुसन्धान कार्यालयमा २०/२० प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा ३०/३० र भिंगृमा २०/२० थान KN-95 मास्क र सेनिटाइजर बितरण गरीएको छ ।
लगातारको लकडाउनका कारण आफुहरु र आफ्ना ब्यवसायीहरु समस्यामा रहेपनि सामाजिक उत्तरदायित्व बहन गर्नका लागि केहि भएपनि सहयोग गरेको प्रालिका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।