
प्यूठान खवर । प्यूठानमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको छ । राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौमा गरिएको स्वाव परिक्षणमा स्वर्गद्वारीका ४ जना र नौबहीनी गाउँपालिकाका १ जनालाइ पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । आज थपिएका सबै कन्ट्रयाक ट्रेसिङमा परेका ब्यक्ति हुन ।
स्वास्थ्य कार्यालय प्युठानको आँकडामा कुन कुन स्थानीय तहमा कति पुगे संक्रमित हेर्नुहोस ।
-
प्युठान नगरपालिका : ७१ जना (१ जना २ वर्षको बालक निको भएर घर फर्केको)
-
माण्डवी गाउँपालिका : २७ जना (१ जना निको भएर घर फर्किएको)
-
स्वर्गद्वारी नगरपालिका : २६ जना
-
नौबहिनी गाउँपालिका : २३ जना
-
ऐरावती गाउँपालिका : १० जना
-
सरुमारानी गाउँपालिका : ९ जना
-
मल्लरानी गाउँपालिका : ५ जना
-
गौमुखी गाउँपालिका : ३ जना
-
झिमरुक गाउँपालिका : ०