ट्रेन्डीङ्ग

प्युठान खवर । उता प्युठान नगरपालिकामा कोरोना संक्रमित बृद्दी हुँदै जाँदा प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बिज्ञप्ति निकालेर कार्यालय र वडा नं २ र ३ को वस्तीमा शिल गर्ने सार्जनिक गर्दै गर्दा यता प्युठान नपा ७ मा पनि आकस्मिक बैठक बसिरहेको थियो । वडा अध्यक्षले आकस्मिक बैठक गरी किन एक्लैले बिज्ञप्ति जारी गर्नुपर्यो भन्ने खोजिको बिषय बन्यो ।

 

उता सेपुङ र रिचिको बस्ति सिल हुँदै गर्दा यता ७ नं वडा सिल हुने गरी निर्णयको बिज्ञप्ति जारी भयो । सिल हो या ब्यवस्थित लकडाउन कुरो स्पस्ट चाहि थिएन । सोहि बखत वडाको बिज्ञप्ति सहित राजनीतिकर्मि देबेन्द्र ब्रह्माले पनि स्टाटस लेखेर पोस्ट गरेको देख्न सकिन्छ । उतिबेलै धेरैजनाको धेरै प्रतिक्रिया त्यहाँ कमेन्टमा देख्न सकिन्छ ।

 

च्वास्स राजनीतिक झल्को लाग्ने भएकाले खासै वास्ता गरीएन । तैपनि केहि रहस्य होला भन्ने लाग्यो र वडा अध्यक्ष सहित फेसबुकमा स्टाटस लेख्ने ब्रह्मालाइ फोन गरे । सुरुमा खासै खुलेन । पछी कुरा हुँदै गर्दा यही वडा निवासी एक स्वास्थ्यकर्मिलाइ कोरोना संक्रमण पुष्टि भएको खवर रहेछ ।

 

उनलाइ संक्रमण पोजेटिभए भएपनि परिवार बाहेक अन्त खासै फरक पर्दैन थियो अनि किन रडाको भन्ने पनि लाग्यो । तर ति स्वास्थ्यकर्मि स्वास्थ्य संस्था मात्र होइन धेरै ठाउँमा पुगेको खवर भेटियो । उनको स्वाव परिक्षणका लागि पठाएपछि रिपोर्ट नआउन्जेलसम्म उनि समुदाय (आमा समूह) लगायतका ठाउँमा गएको पनि बुझियो ।

 

यस वडा निवासि स्वास्थ्य कर्मि जो दैनिक आउने जाने र समुदायमा प्रत्यक्ष भेटघाट गर्ने गरिरहेकोमा उनलाइ कोरोना संक्रमण पोजेटिभ भएको पुष्टी भएपछी वडा नै सिल गर्ने गरी बिज्ञप्ति आएको बल्ल पुष्टि हुन्छ । खास बारे नत नगरापलिकाले बिज्ञप्तीमा खुलाएको थियो नत वडाले जारी गरेको बिज्ञप्तिमा नै ।

 

स्वास्थ्यकर्मिको कन्ट्याक्ट ट्रेसिङमा ठुलो संख्यामा स्थानिय रहन सक्ने अनुमान पछी प्युठान नगरपालिकाले चासो नदिएको भन्दै वडा कार्यालयमा आकस्मिक बैठक गरेर यस्तो गरीएको रहेछ । हुनपनि स्वाव परिक्षणका लागि पठाइयो तर ति स्वास्थ्यकर्मि अन्त कतै जान हुन्थेन । पछी रिपोर्ट पनि पोजेटिभ देखियो । अब यहाँ एउटाका कारणले समुदायमा संक्रमण फैलन सक्ने भन्दै स्थानीयवासी त्रसित भएका छन । कन्ट्याक्ट ट्रेसिङको लहरो कहाँसम्म पुग्ने हो त्यो केहि दिनपछी खुल्ला ।

 

प्युठान नगरपालिका ७ नं वडाले जारी गरेको बिज्ञप्ती हेर्नुहोस ।

प्युठान नगरपालिकाले जारी गरेको बिज्ञप्ति हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय