
प्यूठान (खलंगा) । प्युठान जिल्लाको मल्लरानी गाउँपालिका ४ खलंगा स्थित जनजागृती मा.वि. कसेरीमा रहेको क्वारेन्टाईनमा रहनुभएकी एक महिलाले बच्चा जन्माउनुभएको छ । लकडाउनका कारण भारतको पञ्जावबाट ७ दिन अँघी क्वारेन्टाइनमा बस्दै आउनुभएकी २० वर्षिय सिता खड्काले छोराको जन्म दिनुभएको वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।
सुत्केरी व्यथा लागेपछि खड्काला नजिकैको प्राथमिक स्वास्थ्यचौकीमा लगीएको थियो । यतिबेला आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । स्वास्थ्य चौकिका अनुसार सुत्केरीको आरडिटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परिक्षणको रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमै राखिने बताइएको छ ।
यसअँघी नौबहिनी गाउपालिका –७ को गोगनपानीमा वडा कार्यालयमा स्थापना गरीएको क्वारेन्टाइनमा बस्दै आएकी महिलाले छोरो जन्माएकी थिइन । नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले क्वारेन्टिनमै शिशुलाई जन्म दिनुभएको थियो ।