ट्रेन्डीङ्ग

प्युठान खवर । प्युठान नगरपालिकामा दैनिक कोरोना संक्रमित बढेसँगै ७ नं वडा कार्यालयले एक हप्तासम्म सबै ब्यवसाय, पसल, संघ संस्था र कार्यालय पुर्ण रुपमा बन्द गर्न अपिल गरेको छ । वडा कार्यालयमा सोमबार आकस्मिक बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष नेत्र बहादुर केसीद्वारा जारी बिज्ञप्तिमा सोबारे जानकारी दिइएको हो ।

 

बिज्ञप्तिमा भनिएको छ, ”असार ८ गतेदेखि लागु हुने गरी वडाका सम्पुर्ण पसल, होटल ब्यवसाय, अन्य कार्यालय र संघ संस्था यो अवधिभित्र पुर्ण रुपमा बन्द गरी सहयोग गर्नुहुन अनुरोध छ ।” कोरोना भइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सबै स्थानीयले सहयोग गर्न आग्रह गर्दै सबैजना ब्यवस्थित बन्दाबन्दीमा बस्न समेत आग्रह गरीएको छ ।

 

यस वडा निवासि एक स्वास्थ्य कर्मि जाे दैनिक आउने जाने र समुदायमा प्रत्यक्ष भेटघाट गर्ने गरेकोमा उनलाइ कोरोना संक्रमण पोजेटिभ भएको पुष्टी भएपछी वडाले यस्तो गर्नुपरेको बताइएको छ । उनको स्वाव परिक्षणका लागि पठाएपछि रिपोर्ट नआउन्जेलसम्म उनि समुदाय (आमा समूह) लगायतका ठाउँमा गएको बुझिएको छ । जसले गर्दा स्थानीयवासी त्रसित भएका छन ।

हेर्नुहोस वडा कार्यालयले जारी गरेको बिज्ञप्ति ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय