
प्यूठान खवर । प्युठान नगरपालिकामा कोरोना संक्रमित बढेसँगै र स्वास्थ्यकर्मिलाइ समेत कोरोना संक्रमण पुस्टी भएसँगै प्युठान नगरपालिका, सापडाँडा स्वास्थ्य चौकी, सेपुङ र रिचीको बस्ती शिल गरीएको छ । सोमवार दिउँसो सम्म नगरपालिकाका ५५ जना संक्रमण भएको पुष्टि भएको छ ।
सात दिनका लागि प्युठान नगरपालिकाको कार्यालय शिल गरि अत्यावश्यक सेवा बाहेक काम काज बन्द गर्ने निर्णय सहितको बिज्ञप्ती नगरपालिकाले जारी गरेको छ । त्यसैगरि साँपडाँडा स्वास्थ्य चौकी, ३ नम्वर वडाको सेपङ र २ नम्वर वडाको रिची बस्ती शिल गर्ने नगरप्रमुख अर्जुनकुमार कक्षपतीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नगरप्रमुख कक्षपतिले प्रेस विज्ञप्ती मार्फत संयमित रहन र भवभित नरहन आग्रह गर्दै केहि दिनका लागि नगरवासिमा पर्ने असुविधा प्रति चिन्ता ब्यक्त गर्दै अत्यावस्यक काम बाहेक काममा नगरपालिकामा नआउन आग्रह गरेका छन ।
हेर्नुहोस बिज्ञप्तिको पुर्ण पाठ