
प्यूठान (विजुवार) । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले पिसिआर ल्याव तथा ब्यवस्थीत जिल्ला स्तरीय आइसुलेसन सञ्चालन गर्न सम्बन्धित निकालयलाइ आग्रह गरेको छ । यसअघि जिल्ला विपद व्यवस्थापन समितिको बैठकले जिल्लामा पीसीआर परीक्षणका लागि ल्याव सञ्चालन गर्ने निर्णयको स्वागत गर्दै यथासक्य ल्याव सञ्चालन सहित आइसुलेसन ब्यवस्थापनका लागि ध्यानाकर्षण गराउने पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर रानाले बताउनुभयो ।
आइतवार सूचना केन्द्र विजुवारमा बसेको बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै कोरोना परीक्षणको दायरा बढाउन समेत महासंघले आग्रह गरेको छ । त्यसैगरि व्यवस्थित आइसोलुसन कक्ष, क्वारेन्टिन लगायतको व्यवस्थापन गर्न पनि सम्वन्धित निकायलाई आग्रह गरेको छ ।
बैठकले जिल्लाका पत्रकारहरुको कोरोना बीमा गर्न नेपाल पत्रकार महासंघ प्रदेश शाखा मार्फत प्रदेश सरकारलाई आग्रह गरेको छ । यसबिच पत्रकार महासंघ प्युठानका महिला उपाध्यक्ष स्वर्गीय बसन्ता भट्टको स्मृतिमा पुरस्कार कोष स्थापना गर्ने स मेत निर्णय भएको सचिव बिजयसिह भारतिले जानकारी दिनुभयो ।
त्यस्तै महासंघको सह सचिव राधिका भुसालले आफ्नो शुभ विवाहमा लाग्ने विवाह खर्च कटाएर महासंघ प्युठान शाखालाइ उपलब्ध गराएको रु ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरी महिला शसक्तिकरणको क्षेत्रमा उल्लेखनिय कलम चलाउने पत्रकारलाइ पुरस्कृत गर्ने गरी कोष स्थापना गरीएको उहाँले बताउनुभयो ।
सोही बैठकका अवसरमा पत्रकार महासंघ प्युठानका पूर्व उपाध्यक्ष प्रमोद पोख्रेलले फ्रन्टलाइनमा काम गर्ने पत्रकारको सुरक्षाका लागि केएन ९५ मास्क हस्तान्तरण गर्नुभएको छ भने नेकपा केन्द्रीय उपाध्यक्ष बामदेव गौतमद्वारा उपलब्ध सर्जिकल मास्क पनि पत्रकार र मिडिया हाउसमा कार्यरत सञ्चारमकर्मि पत्रकारका लागि वितरण गरीएको छ ।