ट्रेन्डीङ्ग

प्युठान खवर। प्युठान जिल्लामा कोरोना संक्रमितको संख्या ९५ पुगेको छ। आईतबार १४ जनामा कोरोना पुष्टि भएसँगै जिल्लाभर कुल संक्रमितको संख्या ९५ पुगेको हो। शनिवार मात्र जिल्लामा कोरोना संक्रमित स‌ंख्या ८१ जना थिए ।

 

काठमाडौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले जानकारी दिनुभयो । सुबेदीका अनुसार नयाँ संक्रमितहरुमा प्युठान नगरपालिकाका ९ जना, गौमुखी गाउँ पालिका १ जना, नौबहिनी गाउपालिका ३ जना र माण्डबी गाउँपालिकामा १ जना गरि जम्मा १४ जना रहेका छन।

 

संक्रमित मध्ये २ जना महिला र १२ जना पुरुष रहेका छन् । उनिहरुको उमेर समुह १६ देखि ५० बर्ष सम्मको रहेको छ । यसअँघी फ्लोअप चेकजाँचका क्रममा गरिएको परीक्षणमा पुन ७ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ। यो फ्लोअपका ७ जना र नयाँ संक्रमित १४ हुँदा जिल्लामा २१ जना कोरोना संक्रमित हुन गएको भन्ने तथ्याङक सच्चाइएको थियो । फ्लोअपमा रहेकाले उनीहरुको कुल संख्यामा जोडिनु नपर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय