ट्रेन्डीङ्ग

प्युठान खवर । जिल्लाको झिमरुक गाउँपालिकामा क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक बालिकाको मृत्यु भएको छ । झिझरुक गाउँपालिका २ गडेरपानी स्थित सर्वोदय माविको क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा फर्किएकी बालिकाको आज मृत्यु भएको हो ।

 

झिमरुक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसिका अनुसार ४ दिन अघी उनि होम क्वारेन्टाइनमा गएकी हुन । बाँदीकोट भतेरचौर निवासी गोपाल एमसिको छोरी ११ वर्षीय प्रतिभा १७ दिन अघी भारतमा उपचारपछी क्वारेन्टाइनमा बसेर घर फर्किएकी थिइन । भारतबाट बुवा सहित फर्कीएकी बालिकामा मुटु तथा मृगौला सम्बन्धि स्वास्थ्य समस्याबाट ग्रसित रहेको बुझिएको केसीले जानकारी दिनुभयो ।

 

नेपालका बिभिन्न ठाउँमा उपचार नभएपछि थप उपचारका लागि भारत लगिएको थियो ।  लकडाउन अवधिमा घर फर्किएका कारण उनी वुवा सहित क्वारेन्टाइनमा बसेकी थिइन । क्वारेन्टाइन अवधि पुरा गरेपछी आरडीटी परीक्षण गर्दा नेगेटीभ नतिजा आएकोले उनलाइ वुवा सहित होम क्वारेन्टाइन पठाइएको थियो ।

 

बालिकामा कोरोना सम्बन्धि लक्षण नभएपनि पिसिआर परीक्षणका लागि स्वाव संकलनको तयारी भएको छ । घटना स्थलमा स्वास्थ्य कर्मचारी सहितको टोली पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय