ट्रेन्डीङ्ग

प्युठान खबर । यतिबेला विश्वव्यापी कोरोनाको कहर छ । यो मौकामा चौका हान्नेहरु पनि सलवलाएका छन । यही मौकामा सरुमारानी गाउँपालिकाको वडा नम्बर २ ददेरीमा अनियन्त्रित रुपमा भइरहेको नदिजन्य वस्तु उत्खननको स्थानीयले बिरोध जनाएका छन । राप्ती नदिको चुरे क्षेत्र अन्तर्गत पर्ने नदिबाट ढुङ्गा गिट्टि उत्खनन् गरी डम्पीङ गर्ने नाममा जिल्ला बाहिर निकासी भइरहेको आरोप छ ।

 

राष्ट्रपति चुरे संरक्षण समितीको निर्णय अनुसार कार्यपालिका बैठकबाट आन्तरिक प्रयोजनका लागि भन्दै सरुमारानी गाउपालिकाले अमानतमा खोलाबाट ढुंगा गिट्टि निकाल्न र डम्पिङ गर्न अनुमति छ । गाउपालिकाले आम्दानी रसिद पनि व्यक्तिकै जिम्मामा लगाएको छ । गाउँपालिकाले संकलित राजस्वको २५ प्रतिशत उनिहरुलाई दिने गरी कामको जिम्मा ब्याक्तिलाई दिएको हो । जति धेरै उल्खनन् त्यति धेरै कमिसन हुने भएपछी काम तिब्र रुपमा नहुने कुरै भएन । त्यही २५ प्रतिशत रकम ६ जनाले बाँडीचुँडी गर्नेगरी यहाँ काम भइरहेको छ । यसमा गाउँपालिका र स्ठानीय वडा प्रमुखको मौन सहभागिता रहेको पनि यिनिहरुको आरोप छ ।

सरुमारानी गाउपालिकाका अनुसार सरुमारानी १ को दारेगौडा घाटको जिम्मा भरत एमसीले र वडा नम्बर २ ददेरी घाटको जिम्मा तुलसिराम पोखरेल(बिपिन)ले पाएका छन । अमानत लिएर काम गरीरहेका तुलसिराम पोख्रेलले एक टिपर पनि बाहिर जिल्ला नपठाएको दाबि गर्छन । उनका अनुसार आफुहरुलाइ फसाउन बिभिन्न तानाबाना बुनेको भनाइ छ । यहि २९ गतेबाट ३१ गतेसम्म उत्खनन् र डम्पिङको काम भएको पोख्रेलल बताउँछन ।

खुल्मखुल्ला गिटि बालुवा जिल्ला बाहिर पठाउँदा पनि सरोकारवाला निकाय मौन रहेको स्थानिय गोबिन्द आचार्य बताउँछन । आचार्यका अनुसार अनुगमन गर्न कोही पनि जादैनन । कति घनमिटर उत्खनन् गर्ने र कुन कुन ठाउँमा खन्न पाउने भन्ने एकीन नभएको उनि बताउँछन । डम्पिङको नाममा नदिजन्य बस्तु उत्खनन् क्षेत्रबाटै जिल्ला बाहिर निकासी भएको गाउँलेको आरोप छ ।

 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर घर्तिले गाउँपालिका भित्रका विकास निर्माणका आयोजनाहरुमा प्रयोग गर्ने गरी अमानतमा खोलाजन्य बस्तुको प्रयोग गर्ने निर्णय गरेको बताए । स्थानिय रुपमै खपत गर्न ढुङ्गा गिट्टिका लागि डम्पिङ गर्न अमानत दिइएपनि जिल्ला बाहिर निकासी गर्ने निर्णय नभएको उनको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय