ट्रेन्डीङ्ग

प्युठान खवर । जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै छन । क्वारेन्टाइनमा बस्नेहरु पनि घट्दैछन । ब्यवस्थीत आइसुलेसन सेन्टर स्थापना गर्न प्युठानको विपत ब्यवस्थापन समिति थेतुलो छ । राजनितिक रुपमा पहुँच हुने जिल्लाको रुपमा प्युठान दर्ज भएपनि यहाँका राष्ट्रिय नेताहरुले मास्क बितरण गर्न ब्यस्त छन ।

 

विपद व्यवस्थापन समितिले यसअँघी नै चासो दिएको भए स्थानीयह तहहरु मिलेर मेसिन खरिद गर्न सक्ने हैसियत राख्दथे । तर यो बारे कसैले पनि खासै चासो दिएनन । जिल्ला स्तरिय वस्यवस्थीत आइसुलेसन सेन्टर बनाउन नसकिरहेको बेला फेरी पिसिआर मेसिन ल्याउने निर्णय भएको छ । यसअघी पनि निर्णय थुप्रै भए तर कुनैपनि ब्यवस्थित रुपमा कार्यान्वयनमा छैनन ।

 

प्रदेश ५ का १२ जिल्लाबाट संकलन गरीएका स्वाव एकै ठाउँमा परीक्षण हुँदा रिपोर्ट ढिलो आउने झन्जट छ । प्युठानमा संकलन गरीएको स्वाव परीक्षणका लागि दाङ, बुटवल र नेपालगञ्ज पठाउनुपर्ने बाध्यताले क्वारेन्टाइनमा बस्नेहरुले हप्तौ दिनसम्म रिपोर्टको प्रतिक्षा गर्नुपर्ने बाध्यता छ । संक्रमित बढेसँगै र चौतर्फि दवावसँगै अब भने भने पिसिआर मेसिन राख्नको लागि प्रक्रिया थालिने भएको खबर छ ।

 

जिल्ला विपत ब्यवस्थापन समितिले कोरोना संक्रमण परीक्षणका लागि प्युठानमै पिसिआर मेसिन सहितको ल्याव स्थापना गर्न पहल थाल्ने भएको हो । सोमवार खलंगा प्युठानमा बसेको समितीको बैठकले स्थानीय, प्रदेश र संघीय सरकारलाइ ल्याव स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

 

यो अनुरोध कहिलेसम्म माथि पुग्नेहो र जिल्लामा मेसिन झर्नेहो जिल्लावासि प्रतिक्षामा छन । बैठकले ल्याव स्थापनाको लागि स्पष्ट कार्ययोजना तयार गर्न जिल्ला अस्पताल विजुवारलाइ ब्यवस्थापनको लागि जिम्मेवारि दिएको छ । बैठकमा सहभागीहरुले प्युठान र रोल्पा जिल्लाका स्वावहरु एकै ठाउँबाट परीक्षण हुने गरी प्युठानमै ब्यवस्था मिलाउन आग्रह गरेका थिए । भारतबाट आइ क्वारेन्टाइनमा बसेकाहरु मध्येबाटै अधिकांस कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा पिसिआर मेसिन राख्नका लागि दवाव हुँदै आइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय