प्युठान खवर । असार १ गतेदेखि सरकाले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालय प्युठानले २ मिटरको सामाजिक दुरी कायम गर्दै सेवा दिन जिल्लाभर पत्राचार गरेको छ । गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासनले २ मिटरको सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, पटक पटक सावुन पानी हात धुने वा स्यानीटाइजरको प्रयोग गर्न अनिवार्य गरेको हो ।
जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका अनिवार्य रुपमा पालना गर्ने गरी सबै सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैर सरकारी तथा निजि क्षेत्रका कार्यालय र बैंक तथा बित्तिय संस्थाहरु बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म दुइ सिफ्टमा सेवा सञ्चालन गर्न पत्राचार गरेको हो ।