
प्युठान (माण्डवि) । क्वारेन्टाइनमा बिरामी भइ उपचारका क्रममा मृत्यु भएका माण्डवि गाउँपालिकाका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । माण्डवि गाउँपालिका-४ आपचौर निवासी १७ वर्षीय युवक शनिवार बिहान उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । उनी भारतबाट आइ जेठ ११ गतेदेखि दाङ स्थित बङ्गलाचुलि गाउँपालिकामा स्थापना गरीएको क्वारेन्टाइनमा बस्दै आएका थिए । मृतक युवकलाइ लगातार बान्ता हुने र स्वास प्रस्वासमा समस्या देखिएपछी उपचारका लागि बुटवल लगीदै थियो ।
मृतकको जेठ २१ गते पिसिआर परिक्षणका लागि स्वाव संकलन गरि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा पठाइएपनि १० दिन सम्म रिपोर्ट आएको थिएन । मुत्युपश्यात शनिवार दिउँसो उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ भएकाले हिन्दु संस्कार अनुसार दाहसंस्कार गर्न पाउनुपर्ने आफन्तको माग रहेपनि क्वारेन्टाइनमा बस्दै आएको भन्दै सो अनुसार दाहसंस्कार गर्न पाएका छैनन ।

परम्परागत रुपमा दाहसंस्कार नहुदा मृतकको शव ब्यवस्थापन गरीदै ।