ट्रेन्डीङ्ग

प्युठान (ऐरावती) ऐरावती गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापन गर्न सम्बन्धित विद्यालयलाइ जिम्मा दिने भएको छ । भारत तथा काठमाण्डौ लगायत बिभिन्न ठाउँबाट आएका स्थानीयलाइ क्वारेन्टाइनमा राख्ने ब्यवस्था यसअँघी गाउँपालिका आफैले गर्दै आएको थियो । गाउँपालिका मातहतमा विद्यालय र शिक्षक समेत रहने भएकाले क्वारेन्टाइनमा बस्नेहरुको ब्यवस्थापनमा सबैको दायित्व एकै हुने गरी विद्यालय व्यवस्थापन समितीलाइ जिम्मा दिने निर्णय भएको हो ।

 

विद्यालयलाइ ब्यवस्थापनका लागि जिम्मा दिइएपनि खाना तथा खाजाको रकम गाउँपालिकाले ब्योहोर्ने गरी विद्यालयको नाममा रहेको खातामा रकम निकासा गरिने गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले जानकारी दिनुभयो । यसैगरी क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिलाई दैनिक ३ सय ६० रुपिँया दिईदै आएकोमा यहि जेठ २७ गतेदेखि लागु हुने गरी दैनिक ३ सय रुपैया उपलब्ध हुने गरी पुर्व निर्णयमा हेरफेर स मेत गरीएको छ । त्यस्तै लकडाउनका कारण जिल्ला सिमानामा आएर अलपत्र स्थानीयलाइ गाउँपालिकाले उद्वार गर्दा गाउँपालिकाले यसअघी यातायात खर्च पुरै बेहोर्दै आएकोमा अबदेखि गाउँपालिका वा क्वारेन्टाइनस्थलसम्म आइपुग्दा लाग्ने भाडाको आधा रकम मात्र गाउँपालिकाले बेहोर्ने र आधा रकम सम्बन्धित ब्यक्तिले तिर्नुपर्ने समेत निर्णय भएको छ ।

क्वारेन्टिन व्यवस्थापन, टोल विकास संस्था गठन लगायत बिविध समसायिक विषयमा बसेको गाउँ कार्यपालिकाको बैठक बसेको थियो । बैठकले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालीत योजनामा २ लाख रुपैयाँ सम्मका योजनाहरुको अनुगमन वडा स्तरीय अनुगमन समितिको सिफारिसको आधारमा भुक्तानी गर्ने निर्णय भएको छ । गाउँपालिकाका बस्तीहरुलाई थप सुव्यवस्थित, सुरक्षित एवं चलायमान बनाउन टोल विकास संस्थाहरुको गठन गर्ने प्रकृया अगाडी बढाउन टोल विकास संस्था गठन कार्यविधि स्वीकृत गर्ने पनि निर्णय भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोस्रो र तेस्रो प्राथमिकिकरणमा रहेका योजनाहरु तत्काल संचालन गर्ने समेत निर्णय भएको छ । यस्तै बिभिन्न संघ संस्था र कार्यालयहरुबाट साझेदारीमा सञ्चालित कार्यक्रमहरु सामाजिक दुरी कायम गर्दै पुनः संचालन गर्नका लागि अनुमोदन गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय