ट्रेन्डीङ्ग

तेजेन्द्र बिएम,

प्यूठान (नौबहीनी) । क्वारेन्टाइनमा बस्दै आएकी एक महिलाले बच्चा जन्माएकी छिन । जिल्लाको नौबहिनी गाउपालिका –७ को गोगनपानीमा वडा कार्यालयमा स्थापना गरीएको क्वारेन्टाइनमा बस्दै आएकी महिलाले छोरो जन्माएकी हुन । नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले शुक्रवार राति क्वारेन्टिनमै शिशुलाई जन्म दिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव पुनले जानकारी दिए।

 

उनका अनुसार सरस्वतीले गए राति १२ बजेर ६ मिनेटमा छोरा जन्माएकी हुन । सरस्वती र उनका श्रीमान् प्रेम पुन यही जेठ १७ गते भारतको चेन्नेईबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए। पुन दम्पती लकडाउनको समयमा घर फर्किएका हुन् । क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ । सुत्केरी महिला अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेकी छिन । उनको आज आरडिटी जाँच गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय