प्यूठान । प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमित संख्या २२ पुगेको छ । प्यूठानवाट स्वाव संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकोमा स्वाव परिक्षणको क्रममा बिहिवार जिल्लाका बिभिन्न ठाँउका ४ जना कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार संक्रमित माण्डबी गाउँपालिका-५ का १ जना, ऐरावती गाउँपालिका गाउँपालिका २ का १ जना र प्यूठान नगरपालिका-२ का २ जना रहेका छन् ।
ऐरावती निवासी ब्यक्तिमा कोरोना पोजेटिभ आएका ब्यक्ति झिमरुक गाउँपालिका ४ को क्वरेन्टाइनमा बस्दै आएकोले उहाँको स्वाव झिमरुक गाउँपालिकाबाटै पठाइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछी अहिले उनलाई झिमरुक गाउपालिकाले गाडी ब्याबस्थापन गरि ऐरावती पठाउने तयारी भईरहेको वडाअध्यक्ष सिताराम पोख्रेलले जानकारी दिएका छन उनिहरु २०, ३०, २८ र ३६ वर्षका रहेका छन् । उनिहरु सबै भारतबाट आएका ब्याक्ती हुन।