ट्रेन्डीङ्ग

प्यूठान (ऐरावति)। प्यूठानको ऐरावति गाँउपालिका १ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐरावति गाँउपालिका २ को मोति मा.वि को क्वारेन्टाइनमा बसेका उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा मंगलवार गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको ऐरावति गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले जानकारी दिनुभयो ।

 

यसअघि मंगलवार दिउँसो मात्रै माण्डबी गाँउपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै केहि दिन अघि जिल्लाको प्यूठान नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकाका १ जना, माण्डबी गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय