ट्रेन्डीङ्ग

प्युठान (माण्डवी) । प्युठानमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । माण्डवी गाउँपालिकामा मंगलवार ५ जना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमीतको संख्या १७ पुगेको हो । प्यूठानवाट स्वाव संकलन गरि प्रादेशिक अस्पताल भैरहवा पठाइएको स्वाव परिक्षणको क्रममा माण्डबी गाँउपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको माण्डवी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख धुर्व पोख्रेलले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार संक्रमित मध्ये वर्ष २२, २५, २६, ३६ र ४० का रहेका छन । उनीहरु सबै पुरुष हुन । उनिहरु सबै भारतबाट आएका थिए । माण्डबी गाँउपालिका-५ रम्दीका उनिहरु भारतबाट आएर माण्डबी गाँउपालिका-४ को उदयपुरकोटको क्वारेन्टाइनमा बस्दै आएका थिए । यसअघि जिल्लाको माण्डबी गाउँपालिकामै २ जना, प्यूठान नगरपालिकामा ८ जना,  सरुमारानी गाउँपालिकाका १ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटीएको पुष्टि भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय