ट्रेन्डीङ्ग

गुल्मी : गुल्मीमा कोरोना संक्रमितलाइ भुमइमै राखेर उपचार गरीएको छ । रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासको आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय कोरोना संक्रमितको अवस्था गम्भीर भएकाले भूइमै राखेर उपचार गरीएको हो । बेडमा संक्रमित बिरामी बस्न नसकेपछि उनलाई भुइँमा राखेर उपचार गरिएको हो ।  गुल्मी अस्पतालका डक्टर उत्तम पच्चाका अनुसार उनी भारतबाट आई धुर्कोटको क्वारेन्टाइनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको थियो।  १४ दिनदेखि आइसुलेसनमा रहेका संक्रमितको अवस्था गम्भीर बनेपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी छन्।

 

२ वर्षदेखि आन्द्राको क्यान्सरबाट उनमा रक्त अल्पताको समस्या देखिएको बताइएको छ । उनलाई थप उपचारका लागि बुटवल रिफर गरिए पनि पठाउन सकिएको छैन । संक्रमित व्यक्तिको अवस्था दिनानुदिन जटिल बन्दै गएको छ । संक्रमित व्यक्तिको २ पटक लिइएको स्वाबको रिपोर्टमा कोरोना पोजिटिभ नै आएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो । धुर्कोट गाउँपालिका अध्यक्षसँगै एकैदिन उनमा संक्रमण पुष्टि भएको थियो। गाउँपालिका अध्यक्ष सेल्फ आइसोलेसनबाट कोरोना जितेर घर फर्किसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय