ट्रेन्डीङ्ग

प्युठान । प्रदेश नम्बर ५ का सबै जिल्लामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण फैलिएको छ। यो प्रदेशमा दिनहु संक्रमित भेटिने क्रम बढिरहेको छ । रोजगारीका लागि भारत गएकाहरू स्वदेश फर्किने क्रम बढेसँगै संक्रमित संख्या पनि ह्वात्तै बढीरहेको हो। बाँकी प्रदेशमध्ये प्रदेश ५ दोस्रो स्थानमा परेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश नं ५ मा सोमबार सांझ सम्म कोरोना संक्रमित संख्या १ हजार २०६ पुगेको छ ।

 

हाल सम्म प्रदेशन ५ का १२ जिल्ला मध्ये सबैभन्दा धेरै कोरोना संक्रमित कपिलबस्तुमा भेटिएका छन। निर्देशनालयका अनुसार कपिलबस्तु- ५ सय ५८, बाँकेमा २ सय ७९, रुपन्देहीमा १ सय ३७, दाङमा ८१, बर्दियामा ६०, अर्घाखाँचिमा ३६, नवलपरासीमा २१, प्युठानमा १२, पाल्पामा ९ , गुल्मीमा ७, रुकुमपूर्व ३ र रोल्पामा ३ जना संक्रमित फेला परेका छन् । संक्रमितमध्ये हालसम्म १ सय ४४ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्। संक्रमण देखिएकामध्ये ५ जनाको भने मृत्यु भएको निर्देशनालयले जानकारी दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय