प्यार अलि खाँन,
प्युठान (सरुमारानी) । सरुमारानीका एक कोरोना संक्रमित युवालाई भिङगृ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तयार गरिएको आइसोलेसन सेन्टरमा लगिँदै छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा सरुमारानी गाउपालिका वडा नंवर २ का एक १९ वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे हो । आईतबार पिसिआर रिपोर्ट पोजेटिभ आएसंगै उनिलाई छुट्टै ठाउँमा राखिएको वडा नं २ का वडा अध्यक्ष बसन्त बहादुर जिसीले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । खड्केश्वरी मावि मैदान स्थित क्वारेन्टाइनमा बस्दै आएका उनि जेठ ६ गते भारतको इन्दौरबाट आएका थिए । कपिलवस्तुको कृष्णनगर नाका हुँदै २० जनाको समुहमा उनी स्वदेश आएका हुन ।
परिक्षणका लागि प्यूठानबाट उनि सहित ८१ जनाकाे स्वाब संकलन गरी दाङ पठाइएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएकाे प्रतिष्ठानले जनाएको थियो । उनी संक्रमित भएको करिब २४ घण्टा बित्न लाग्दा पनि आइसोलेसन केन्द्रमा नलगीएको भन्दै सरोकारवालाहरुले टिप्पणी गर्न थालेका थिए । ४ जना संक्रमितलाई नै व्यवस्थित आइसोलेसन सेन्टरमा बसाल्न सकस भएको उनीहरुको भनाइ छ । पिसीआर रिपोर्ट पोजिटीभ दर्जनौ हुनसक्छन् भन्नेगरि स्वास्थ्यकर्मीसहित जिल्ला विपद् व्यबस्थापन समितिको तयारी नभएको टीप्पणी रहेको छ ।
जिल्ला भित्र क्वारेन्टाइनमा बसेका २ जना र अन्य २ जना दाङको क्वारेन्टाइनमा बसेकाहरु सहित प्युठानका ४ जनामा पिसिआर रिपोर्ट पोजेटीभ भएका ब्यक्ति रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय प्युठानका अनुसार अझै ३ सय ६७ जनाको पिसीआर रिपोर्ट आउन बाकी रहेको छ ।
अपडेट खवर ।
यसैबिच यी कोरोना संक्रमित युवालाई भिङगृ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी गरीएकोमा दाङ स्थीत कोरोना अस्पताल बेलझुण्डी लगिने भएको छ । यसअघी उनलाइ भिंगृमा तयार गरिएको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको थियो । आईतबार रिपोर्ट पोजेटिभ आएसंगै सामान्य रहेका उनलाइ सोमबार स्वास फेर्न गाह्रो भएको र नाँक समेत बुझिन लागेकोले दाङ पठाउन लागीएको सरुमारानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त बहादुर जिसीले जानकारी दिए।