
प्युठान (विजुवार) । अहिले विश्व २१ औ सताव्दीमा दौडिरहेको छ । रोग ब्यधि पत्ता लगाउन नयाँ भन्दा नयाँ बिभिन्न आविस्कारहरु भइरहेका छन । नेपालमा पनि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन स्वास्थ चौकि देखि अस्पताल स्थापना भएका छन । एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिर देखे । ज्ञामुरा न्यौपानेले यो तस्बिर राख्नु भएको थियो । परम्परागत रुपमा मन शान्तिका लागि धामि बसाल्ने क्रम अझै नरोकिएको उहाँले उजागर गर्न खोज्नुभएको छ । गाउँमा मात्र होइन बजारमा समेत बोक्सि लागेर बिरामि हुन्छ भन्ने प्रथा कायमै रहेको यो तस्बिरले प्रष्ट पारेको छ । यस्तो चलनलाइ पात्लो फाल्ने भनिन्छ गाउँघरमा । समाजमा जगडिएर रहेको यो प्रथा अँझै हटैको छैन । प्युठानको बिजुवारमा भएको एउटा घटनालाइ मात्र हामीले यहाँ उठान गरेका हौ । यो प्रतिनिधिमुलक घटना रहेपनि कुसंस्कार र अन्धविस्वास गाउँमा मात्र होइन बजारमै पाउन सकिन्छ भन्ने उदाहरण हो यो ।

प्युठानको बिजुवारमा पात्लो फाल्न राखीयको दृश्य । फोटो : ज्ञामुराम न्यौपानेको फेसबुक पेजबाट
प्युठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका ज्ञामुराम न्यौपानेले वर्तमान नेपाली समाज अझै पनि अन्धविश्वासका अनेकौं रूपमा जकडिएको रहेको बताउनुहुन्छ। कमजोर,हेपिएका, दु:खी,गरीबलाई नै बोक्सीको आरोप लगाइने प्रचलन निकै पुरानो भएपनि घट्न नसकेको उहाँको भनाइ छ । ”पढेलेखेका, सुकिला र राम्रो घरमा बस्नेहरुलाई यो आरोप लगाइन्न”, न्यौपाने भन्नुहुन्छ, ”कमजोरलाई सहयोग होइन अपमान गरिन्छ। ” गाउँघरमा उपचारक मानिएका धामीहरुले नै प्राय बाई-बोक्सी, छौडा, भूतप्रेत, मसानको प्रचार प्रसार गर्दै आएका छन । यसैबाट आफ्नो पेसा जिवीका चलाएपनि यो आधुनिक युगमा बैज्ञानिकहरुबाट मान्यता छैन । बिरामी निको पार्न चौबाटोमा हरीयो (काँचो) पातको टपरीमा कालो तथा रातो ध्वजा छौडा कुखुराको चल्लो समेत काट्ने र कतिपय स्थानमा अण्डा समेत राखेर यस्तो गरिन्छ ।
अहिलेको विकसित समाजमा ब्यक्ति शिक्षीत भएर मात्र पुग्दैन उसको दृष्टीकोण परिवर्तन आउन सक्नुपर्छ । सरकारबाट गाउँ तहसम्म स्वयमसेवीका र स्वास्थ्यकर्मिहरु परिचालन गरीएपनि यो मौलिक प्रथा अँझै घटेको छैन । अन्धविश्वास र धामिले फुकेको भरमा बिरामी निको नभइ झन बढ्ने हुनसक्छ । धामीको भर पर्दा दिर्घ रोगिहरुको झन रोग बढ्न सक्ने भएकाले कुप्रथा होइन स्वास्थ्य सस्थाको भरपुर उपयोग गर्नु जरुरी छ ।