ट्रेन्डीङ्ग

प्युठान खबर ।  प्युठान जिल्लामा भारत तथा अन्य स्थानबाट जिल्लवासी भित्रिने क्रम बढेसँगै क्वारेन्टाइनमा बस्नेको सख्या पनि बढ्दो छ । शनिवार सम्म ५ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन । जिल्लाभर बिभिन्न विद्यालय र सामुदायिक भवनहरुमा २ सय ३३ स्थानमा क्वारेन्टाइन स्थापना गरीएको छ । क्वारेन्टाइनमा रहेका ब्यक्तिमध्ये अवधि पुगेका ३ हजार २ सय ८६ जनाको आरडीटि परिक्षाण भएको छ । आरडीटी परिक्षण गरीएका २ सय १९ जनाको पोजेटीभ आएपनि १ जनाको मात्र पिसिआर पोजेटीभ आएको थियो ।

 

त्यस्तै जिल्लाबाट पिसिआर परिक्षणका लागि स्वाव सङकलन गरी ६ सय ८४ जना पठाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिनुभयो । यी मध्ये ५ सय ११ जनाको नतिजा आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । कोरोनाको त्रासबाट सतर्क र सचेत रहन आग्रह गर्दै उहाँले नआत्तिन समेत अनुरोध गर्नुभएको छ । स्वर्गद्वारी नगरपालिकाका पिसिआर पोजेटीभ भएका १ जना र दाङको क्वारेन्टाइनमा रहेका माण्डवि गाउँपालिकाका २ जना युवालाइ पनि प्युठानमा स्थापना गरीएको आईसोलेसन केन्द्रमा ३ जना सन्क्रमितहरु उपचाररत रहेका छन । भारत तथा अन्य मुलुकबाट प्युठानमा हालसम्म ६ हजार ६ सय ६० जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

 

प्युठान जिल्लाको आज सम्मको सम्क्षिप्त अवस्था:-
जम्मा क्वारेन्टाईन स्थल:-२२३
क्वारेन्टाईन रहेका जम्मा ब्यक्ती:-५,७६५ जना
हाल सम्म RDT परिक्षण:-३२८६
हाल सम्म RT/PCR परिक्षणका लागी स्वाब पठाईएको:-६८४
हाल सम्म RDT पोजेटीभ:- २१९
हाल सम्म PCR पोजेटीभ:- १ (+२ दाङबाट आएका)
PCR नतिजा आउन बाकी रहेको जना:-५११
आईसोलेसन केन्द्रमा उपचाररत सन्क्रमितहरु:-३ जना

स्रोत बिशाल सुवेदीको फेसबुक पेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय