
प्युठान (खलंगा) : मल्लरानी गाउँपालिका वडा नम्बर -४ मा एक विपन्न परिवारकाे उद्दार गरिएको छ । आर्थिक अबस्था कमजाेर रहि खुल्ला ठाउँमा तथा कहिले आफन्ति एवं काम गर्नेहरुकाे घरमा समेत बस्दै आएका जुठे दमाईकाे वडाले उद्दार गरेकाे हाे । वडाले ६७ हजार ५ सय रुपैयाँमा २ काेठे घर तयार गरि दमाई परिवारकाे उद्दार गरेकाे वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयाे ।
उहाँको परिवारलाई एक समारोका बिच घर हस्तान्तरण गरिएको छ । वडामा रहेका विपन्न तथा आर्थिक अबस्था कमजाेर रहेका सबै नागरिकहरुकाे विभिन्न क्षेत्रमा राहत तथा उद्दार जारि राखिने अध्यक्ष श्रेष्ठले वताउनु भयाे । काङ्ग्रेस युवा नेता समेत रहेका वडा अध्यक्ष श्रेष्ठ स्वर्गद्वारी गाैमुखि यातायात प्रालिका महासचिव समेत हुनुुहुन्छ । वडाभित्रका जेष्ठ नागरिक तथा विपन्न परिवारका लागि क्रमश आवास तथा स्वास्थ्य र पाेषणमा समेत वडाले सहयाेग गर्ने वडा कार्यालयले जनाएको छ।