
प्यूठान (स्वर्गद्वारी) : प्यूठानमा एक जनालाई कोरोना सक्रमण पुष्टि भएको छ । अमंर क्याम्पस भिंगृको क्वारेन्टाइनमा रहेका एक जना पुरुषलाइ सक्रमण पुष्टि भएको हो । उहाँ स्वर्गद्वारी नगरपालिका वडा नम्वर ४ का ५९ वर्षिय हुनुहुन्छ । प्यूठानमा पहिलो पटक कोरोना पुष्टि भएको हो । जेष्ठ १३ गतेबाट भारतको चेन्नेईबाट आएपछी क्वारेन्टाईनमा बस्दै आएका थिए। उहाँसँगै अमर क्याम्पसको क्वारेन्टाइनमा बसेका १० जनाको स्वाब संकलन गरि राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङ पठाएका मध्ये १ जनाको मात्र कोरोना देखिएको स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर केसिले बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षण अनुसार मंगलवार प्यूठान सहित ९ जनालाई कोरोना देखिएको छ । पुष्टि भएका मध्ये बंगलाचुली गाउँपालिकाका ६ र राप्ती गाउँपालिका दाङका २ जना छन् ।

