ट्रेन्डीङ्ग

प्युठान (धरमपानी) । मल्लरानी गाउँपालिका ३ धरमपानी मुनडाँडाका स्थानीय युवालाइ प्रहरी र गाउँपालिका जनप्रतिनिधिले कुटपिट गरी घाइते बनाएको समाचार प्रशान प्रशारण भएपछी सरोकारवालाले घाइते हुनेहरुलाइ न्याय दिलाएका छन । घाइते हुने युवालाइ गाउँपालिकाले उपचार खर्च बेहोर्ने र जनप्रतिनिधिले माफि माग्ने सहमति गरेसँगै केहि दिनदेखि सबैको चासो बनेको यो विषयको समस्या समाधान भएको छ । स्थानीयले बिनाकारण मानव अधिकारको उल्लङघन गर्दै कुटपिट गरीएको भन्दै बिरोध गर्दै आएका थिए ।

मुनडाँडा स्थित क्वारेन्टाइनमा खाना पकाउने र खुवाउने क्रममा सामान्य विवाद हुँदा जनप्रतिनिधिले प्रहरी बोलाएर स्थानीयलाइ कुटपिट गर्न लगाएको आरोप थियो । सो क्रममा स्थानीय ३० वर्षिय झविलाल खत्री र २० वर्षिय फन बहादुर खत्री घाइते भएका थिए । घाइते मध्ये झविलालको दायाँ हात फ्याक्चर भएको थियो । स्थानीयले जनप्रतिनिधि वडा अध्यक्ष गिरीराज पौडेल, मल्लरानी गाउँपालिका सदस्य चन्द्र बहादुर सार्कि र चुँजाठाँटी प्रहरी चौकीका असई भिम बहादुर वली सहितको प्रहरी टोलीले अनावस्यक रुपमा कुटपिट गरेको स्थानीयले आरोप लगाएका थिए । जनप्रतिनिधिहरुका कारण घटना हुन पुगेको र पिडितले उचित न्याय नपाउँदासम्म आन्दोलन र जनप्रतिनिधिहरुको बिरोध गर्ने भनि निर्णय गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय