ट्रेन्डीङ्ग

प्यूठान खबर । जिल्लाका क्वारेन्टाइनमा रहेका ७ जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको छ । शनिवार जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आरडिटि परिक्षणको क्रममा ७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार प्यूठान नगरपालिकाका २ जना, मल्लरानी गाउँपालिकामा ३ जना र ऐरावति गाँउपालिकामा २ जनामा आरडिटि पोजेटिभ देखिएको हो । उनिँहरुको सहित १४२ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय