ट्रेन्डीङ्ग

प्युठान खवर । भारतमा अलपत्र रहेका नेपालिहरुलाइ स्वदेश फर्कने अनुमती पाएसँगै प्युठान जिल्लामा भारतबाट गाउँ फर्कनेको लर्को नै चलेको छ । विश्वव्यापी रुपमा कोरोना सक्रमित बढ्दै जाँदा र भारतमा जोखिम रहेकाले प्युठानिहरु घर फर्कन चाहेका हुन् । भारतबाट सिमा नाका आएकाहरुलाइ स्थानिय तहले आ आफ्ना नागरिकहरुलाइ भित्राएका छन् । जिल्लाका यातायात व्यवसायी, स्थानीय सरकार र प्रशासनबीच प्रभावकारी सम्वन्य नहुँदा ट्रक ट्याक्ट्रर र टिप्परमा राखेर ल्याउँदा उनिहरु असुरक्षित रुपमा गाउँ जान बाध्य छन ।

 

तर जिल्लाका स्थानीय तहले फोहोर बोक्ने गाडी र ढुंगा, गिट्टी, बालुवा बोक्ने टिपरमा मान्छेहरु ल्याइरहेका छन्। लकडाउनले खाली बसेका बस, जिपहरुलाई परिचालन गर्नेतर्फ स्थानीय तहले समन्वय गरेका छैनन्। गाडी चालकलाई पिपिई सेट दिएर सुरक्षित महसुस गराउन सके गाडीमा ल्याउन आफुहरु तयार रहेपनि स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका महासचिव कुमार श्रेष्ठले स्थानीय तह कसैले पनि अफिसियल जानकारी नगाएको बताउनुभयो । ट्याक्टरमा समेत स्थानीयलाइ ल्याएको देखेपनि समितिलाइ अनुरोध आएमा जिल्लाबासीलाई ल्याउनका लागि गाडी परिचालन गर्न समिति तयार रहेको समेत बताउनुभयो ।

 

झिमरुक गाउँपालिकाले प्रति टिपर १८ हजार रुपैयाँ दिएर कृष्णनगरबाट आफ्ना नागरिक ल्याएको छ। गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले बसहरु जान नमान्दा टिप्पर पठाउनुपरेको बाध्यता सुनाउनुभयो । शुक्रबारसम्म जिल्लामा भारतबाट ७ सय ९६ जना प्यूठानी आएका छन्। उनीहरुलाई विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन् । स्वर्गद्धारी नगरपालिकामा १ सय ७७ जना,  प्यूठान नगरपालिकामा १ सय २४, मल्लारानी गाउँपालिकामा ५५, ऐरावती  २ सय ३, गौमुखीमा ४,  झिमरुकमा ६०,  माण्डवीमा १ सय २५, नौवहिनीमा ३३ र सरुमारानीमा १ सय १५ जना आइपुगेका छन्। यसैबिच शनिबार पनि मल्लरानी गाउँपालिका लगायतका अन्य स्थानीय तहले पनि कृष्णनगर नाकामा आएका आफ्ना नागरिकलाइ ल्याउनको लागि बस पठाएका छन । भारतबाट असुरक्षित रुपमा जिल्लाबासी भित्रिएपछि थप जोखिम बढ्नसक्ने स्थानीयको गुनासो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय