
बुटवल : कोरोना संक्रमित भएर उपचाररत मदाने गाउँपालिका ६ पुर्कोटदह गुल्मीका एक शिक्षकको बिहिवार निधन भएको छ । क्रिमशन अस्पताल मणीग्राम बुटवलमा उहाँको उपचार भइरहेको थियो । कङकेदेउराली आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत ४१ वर्षिय उहाँलाइ सोमवार कोरोना सक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका हुन् । मृतक शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा रहेका मदाने गाउँपालिकाका स्वास्थ्यकर्मी, घरपरिवार र स्थानीयको समेत स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो । छिमेकी जिल्ला गुल्मिका शिक्षकमा कोरोना सक्रमण भेटिएपछी आसपासका क्षेत्रका स्थानीयमा त्रास उत्पन्न भएको छ ।