ट्रेन्डीङ्ग

प्युठान । स्वास्थ्य कार्यालय प्युठानले जिल्लामा सन्चालित निजि क्लिनिक तथा अस्पताहरुलाइ नियमित सन्चालन गर्न र सेवा दिन अनुरोध गर्दै पत्राचार गरेको छ । स्वास्थ्य सम्बद्द सरोकारवाला निकायबाट यसको प्रतिकार्य रोकथाम र ब्यवस्थापन कार्यमा निर्वाह गरेको भूमिका महत्वपुर्ण रहेको भन्दै सर्वसाधारणलाइ हरतरह सेवा दिन अनुरोध गरेको हो ।

सहज रुपमा गुणस्तरिय स्वास्थय सेवा पाउनु आम नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै प्रचलित कानुन बमोजिम सन्चालनमा रहेको क्लिनिकहरुले स्वास्थय सुविधा असुविधा नगराउन भनिएको छ । केहि निजि क्लिनिकहरुले कोभिड १९ महामारीका कारण देखाइ सेवा बन्द गरेको गुनासो आएकोले स्वास्थ्य कार्यालय प्युठानले औषधी ब्यवसायी सघ र निजि क्लिनिकहरुलाइ पत्र काटेको हो ।

यसैगरी प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सङकट व्यवस्थापन केन्द्रको बैठक बसी क्लिनिक अस्पताल तथा औषधी पसलहरुबाट पर्याप्त सेवा दिन तत्काल सन्चालन गर्ने र अनुगमन गरी प्रचलित कानुन बमोजिम सेवा प्रवाह नगरेको पाइएमा आवस्यक कार्वाहीको प्रक्रिया अगाडी बढाउने समेत निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय