
काठमाण्डौ । नेपालमा कोरोना संक्रमित पोजेटिभ हुनेहरूको संख्या २७८ पुगेको छ । शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै अब कुल संक्रमितको संख्या बृदि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार महोत्तरीका थप दुई जनामा कोभिड-१९ पुष्टि भएको हो । यसअघि कपिलवस्तुका ३ जना, पर्साका २ जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक-एक जनामा सङ्क्रमण देखिएको थियो।
अहिलेसम्म सङ्क्रमण देखिएकामध्ये २२४ जना पुरुष र ५४ जना महिला छन्। तीमध्ये ३६ जना उपचारपछि भाइरसमुक्त भइसकेका छन्। प्रदेश नं ५ मा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। हालसम्म २६ वटा जिल्लामा सङ्क्रमण भेटिएको छ।