
प्युठान खवर । गौमुखि गाउँपालिका पुजाका एक जना सर्वसाधारणले आफ्नै कुनै पहुँच नपुगेका कारण उपचार गराउन समस्या भएको बताएका छन । पुजा निवासि दिलमाया सुनारलाइ लकडाउनका कारण समयमै बुटवल काठमान्डौ लैजान नसिकएको बिरामीका आफन्तले फेसबुकमा स्टाटस लेख्दै यस्तो गुनासो गरेका हुन् ।
बेहोस अवस्थामा रहेको र आफन्तहरु समेत नचिन्ने २२ वर्षिय सुनारलाइ एम्बुलेन्स तथा अस्पतालका कर्मचारि र स्थानिय तहले सहयोग नगरेको गुनासो छ । लकडाउनका कारण एम्बुलेन्स बाहेक आफन्तको गाडिमा समेत बिरामिलाइ तत्कालै उपचार गराउन बुटवल काठमान्डौ लैजान नसकिएको बिरामीका आफन्तले जनाएका छन ।
हेर्नुहोस राजन बिश्वकर्माले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै
नमस्कार सम्पूर्ण प्युठान जिल्ला को जनप्रतिनिधि लगायत स्थानीय सरकार प्रदेश सरकार स्थानीय प्रहरी प्रशासनल हिजो हाम्रो जिल्ला अस्पताल प्युठानले बिमारी लाई काठमाडौं रिफर गर्न पनि मानेन भन्ने कुरा आयो एम्बुलेन्स चालक अस्पतालको कर्मचारीले जानु न मान्दा स्थानीय प्रहरी प्रशासनले पनि कुनै सरोकार न देखाएको मा अत्यन्तै दुख लाको छ के बिमारी ले उपचार न पाएर अकालमै ज्यान गुमाउनु पर्ने होत प्रदेश सरकार स्थानीय जनप्रतिनिधि ले पनि कुनै चासो न देखाको मा धेरै दुख लागेको छ ? पहुँच हुने को लागि हेलिकप्टर पनि आउने रहेछ पहुँच न हुने हरुलाई त एम्बुलेन्स को सुबिधा पनि न पाइने रहेछ भन्ने हिजोको घटनाले छर्लङ्ग पारेयो यस्तो पिडा हामी प्युठानि बासिन्दा ले कहिले सम्म भोग्नु पर्ने हो कति लाजमर्दो समाज लाजमर्दो राजनीतिक निर्माण गरेको छौं हामी । बिगत लामो समय तिन महिना देखि बिमार पुजा निवासि दिलमाया सुनारको अहिले स्थिती निकै नाजुक हुदै गएको कारण बिजुवार देखि काठमाडौं पठाउन हिजो मानेनन् । बिमार त होश नै न पाउने न मान्छे चिन्ने खान पनि न खानी आफ्नो बच्चा लाई पनि न चिन्ने अवस्थाको हो । तर निकै सघर्ष गरी बल्लतल्ल पठाईयो जनतन हिजो राती 2 बजे तिर बुटवल सम्म बुटवल देखि फ़ेरि अर्को गाडीमा सीफ्ट गरेर काठमाडौं ल्याएको छ । धेरै दुख को कुरा हो यो खबर पत्रकार सामु पुर्याउन सबैमा अनुरोध गर्दछुँ ।
#राजन #बिश्वाकर्मा #प्युठान