ट्रेन्डीङ्ग

प्युठान खवर ।।  प्युठान जिल्लाको बिभिन्न क्वारेन्टाइनमा रहेका ११ जनालाई कोरोना परिक्षणका क्रममा आरडिटि पोजेटिभ भेटिएको छ । प्युठान नगरपालिका वडा नं. ९ र १० मा परिक्षणका क्रममा साबिक मरन्ठाना अन्तर्गत बुढदेवी, धँगे र फुलवारी क्वारेन्टाइनमा आरडिटि पोजेटिभ भेटिएको हो । जानकारी अनुसार बुढदेवीमा ७ जना, धँगेमा १ जना र फुवारीमा ३ जना रहेका छन ।

 

सरकारले लकडाउन गरीरहेका बेला काठमाण्डौमा रहेका सर्वसाधारणलाई लिएर क्वारेन्टाइनमा राखीएका ९४ जना मध्ये ११ जनालाई पोजेटिभ भेटिएको हो । यिनीहरुलाई नगरपालिकाले निशुल्क रुपमा एकै दिन जिल्ला भित्राएको थियो । यी मध्ये १ जना भने लमजुङ जिल्लाबाट आएका हुन । आरडिटि पोजेटिभ हुनेहरुमा ८ जना पुरुष र ३ जना महिला रहेका छन ।

 

यिनीहरुको उमेर समुह २१ देखि ३८ वर्ष रहेको छ । यिनीहरुलाई पुनः पिसिआर टेस्टका लागि स्वाव निकालेर भैरहवा पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । यसअघी प्युठान नगरपािल २ क्वाडी स्थित सिद्दार्थ क्वारेन्टाइनमा रहेका २ जनालाइ आरडिटि पोजेटिभ भेटिएपनि स्वाव परिक्षणका क्रममा नेगेटिभ आएको थियो । जिल्लाका बिभिन्न ठाउँमा आरडिटि पोजेटिभ भेटिन लागेकोले जिल्लावासीले सतर्कताका साथ लकडाउन कार्यान्वयन तथा होम क्वारेन्टाइमा सुरक्षीत रुपमा रहनुपर्ने सरोकारवालाहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय